बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी फिल्म ‘प्रेम गीत’ मा पनि शिल्पा

बुधबार, २९ वैशाख २०७८, १४ : २०
बुधबार, २९ वैशाख २०७८

काठमाडौंँ । अभिनेत्री शिल्पा पोखरेलको अभिनय भोजपुरी फिल्म ‘प्रेमगीत २’ मा पनि देख्न सकिने भएको छ । निर्माण युनिटले फिल्मको हालै ट्रेलर सार्वजनिक गरेको छ । जसमा शिल्पा पनि देखिएकी छन् । फिल्ममा शिल्पा भोजपुरी स्टार प्रदीप पाण्डेको जोडी बनेकी छन् । प्रदीप र शिल्पाको प्रेम र उतारचढावका केही झल्को  ट्रेलमा देख्न सकिन्छ ।

पोखरा आसपास छायाँकन भएको फिल्म सोनु खत्रीले निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप र शिल्पाका अलावा अमित शुक्ला, रम्भा सहानी, रोहित सिंह, सिपी भट्ट, रन्जितकुमार शर्मा, रोहित थापालगायतका कलाकारको पनि अभिनय देख्न सकिन्छ ।

सोनु खत्रीकै निर्माण रहेको फिल्ममा रत्नाकर कुमार प्रस्तुतकर्ता रहेका छन् । हरि घले लामाको छायाँकन, बन्दे प्रसादको सम्पादन, श्री श्रेष्ठको द्वन्द्व, ओम झाको संगीत, कविराज गहतराज, शिव विक, रिकी गुप्ता, विवेक थापाको कोरियोग्राफी रहेको फिल्ममा एवी मोहनको कथा रहेको छ । शिल्पाले यसअघि ‘जय शम्भु’ नामक भोजपुरी फिल्ममा पनि अभिनय गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप