शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञाको समयमा निःशुल्क यसरी लिन सकिन्छ मनोसामाजिक परामर्श

बुधबार, २९ वैशाख २०७८, १३ : ५२
बुधबार, २९ वैशाख २०७८


कोभिड—१९ (कोरोनाभाइरस) महामारीको दोस्रो लहर नेपालमा सुरु भएदेखि तीव्ररूपमा संक्रमण फैलिरहेको छ । भाइरसको नयाँ स्वरुप अहिलेकोभन्दा अझ बढी संक्रामक र घातक हुनुका साथै तिव्र रुपमा फैलिएको छ ।
 कोरोना संक्रमण उच्च गतिमा फैलिएको जिल्लाहरुमा निषेधाज्ञा जारी गरेसँगै आमसर्वसाधारणको मनमा त्रास पनि सृजना भएको छ ।

डरत्रास र अन्योलको यो समयमा कोभिडसँग लड्नका लागि नभै नहुने एउटा बलियो अस्त्र हो – मनोबल । आफूलाई स्वस्थ महसुस गरिरहेका कतिपय व्यक्तिहरुले पनि कोरोना पोजिटिभ भन्ने रिपोर्ट आउनासाथ अचानक अत्तालिने गरेको पाइन्छ ।   

यसरी कोरोना संक्रमणसम्बन्धी जानकारी लिएपछि धेरै आत्तिने र डराउने गर्दा बिरामीको स्वास्थ्य अवस्थामा गम्भीर असर पारेको देखिएको छ । त्यसैले महामारीको यो असामान्य समयमा सबैले आफ्नो आत्मबल उच्च राख्न जरुरी रहेको सम्भाव्य फाउण्डेशनका मनोपरामर्श दाता केशव श्रीष मगरले बताए । 

सोही अनुसार महामारी कालमा मानसिक रुपमा स्वास्थ्य समस्या भोगेका नागरिकका लागि फाउण्डेसनले  निःशुल्क अनलाईन मनोपरामर्श सेवा सुरु गरेको छ । यस संस्थाले कोरोना संक्रमणको पहिलो लहरमा पनि अनलाईन मनोपरामर्श सेवा प्रदान गरेको थियो ।

अघिल्लो महामारीमा  तीन महिनामा ५ हजारभन्दा बढीले मनोसामाजिक परामर्श सेवा लिएको श्रीषले बताए  । 

‘अघिल्लो लहरमा जस्तो यसपाली पनि सबै व्यपार व्यवसाय ठप्प छ भने  सर्वसाधारणलाई आर्थिक संकटले पिरोलेको छ,’ उनले भने,  ‘विद्यार्थीलाई पढाइ र भविष्यको चिन्ता, परिवारमा झैझगडा, किशोरावस्थामा प्रेमसम्बन्ध, कसैको दाम्पत्य जीवनका उतार चढाव आदि साझा समस्याले  गर्दा डर, त्रास, निराशा, दिक्दारी, अत्यास, थकाइ, अनिद्रा, धेरै बिर्सने बानी, अत्यधिक तनाव, डिप्रेसन लगायतका मानसिक समस्या बढेको छ ।’

यस्तो अवस्थामा मनोपरामर्श दाताहरुबाट म्यासेन्जर, भाइबर, ह्वाट्सएप लगायत टेलिफोन मार्फत पनि निःशुल्क मनोपरामर्श सेवा  लिन सकिने उनले जानकारी दिए ।

यस्तै परामर्श लिन चाहने व्यक्तिले  मोबाइल नम्बर ९८४९६९६६२९  सम्र्पक गर्न सकिन्छ । निःशुल्क मनोपरामर्श सेवा २४ सै घण्टा उपलब्ध हुने उनको भनाइ छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप