बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियामा प्रहरीद्वारा अक्सिजन सिलिन्डर संकलन गरेर वितरण

बुधबार, २९ वैशाख २०७८, १३ : १२
बुधबार, २९ वैशाख २०७८

जिल्ला प्रहरी कार्यालय बर्दियाले २४ थान अक्सिजन सिलिन्डर संकलन गरेर वितरण गरेको छ । व्यक्ति, संस्था र उद्योगबाट संकलित अक्सिजन अस्पतालहरुलाई वितरण गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

संकलित अक्सिजन जिल्ला विपद व्यवस्थापन केन्द्र, माछागढ कोभिड अस्पताल, अस्थाई अस्पताल सानोश्री र आधारभूत नगर कोभिड अस्पताल ठाकुरबाबा लगायतमा वितरण गरिएको छ । 

 कोभिड–१९ संक्रमितको उपचारका लागी अक्सिजन अत्यावश्यक मानिन्छ । संकलन गरिएको मध्य ८ थान सिलिन्डर जिल्ला प्रहरी कार्यालयमा रहेको बर्दियाका डिएसपी हेम बहादुर शाहीले जानकारी दिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप