शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

निर्माता ताराचन्द्रले बनाए १० शय्याको आइसोलेसन वार्ड

बुधबार, २९ वैशाख २०७८, १० : ५६
बुधबार, २९ वैशाख २०७८

चलचित्र निर्माता, समाजसेवी तथा व्यवसायी ताराचन्द्र बजगाईं ‘निशान’ले १० शय्याको अक्सिजनसहितको आइसोलेसन वार्ड स्थापना गरेका छन् । उनले मकवानपुरको बकैंया गाउँपालिका वडा नं ३ स्थित रहेको हात्तीसुँडे सामुदायिक स्वास्थ इकाईमा उक्त वार्ड बनाएका हुन् । जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि उनले आफ्नै व्यक्तिगत खर्चमा उक्त वार्ड तयार पारेका हुन् । 

बेलाबेलामा स्यानिटाइजर, माक्स लगायत अन्य स्वास्थ सामाग्री पनि सहयोग गर्दै आएका बजागाइँको आइसोलेशन वार्डको  उद्घाटन बकैंया गाउँपालिकाका अध्यक्ष दामोदर खनालले गरेका छन् ।
आइसोलेशन वार्ड सञ्चालनका लागि आवश्यक अनुसार स्वास्थ्यकर्मीको व्यवस्था गर्ने बताउँदै बजगाईंले अक्सिजनसहितको आइसोलेशन वार्ड सञ्चालनको लागि स्वास्थ्य सामाग्री सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् ।
निर्माता बजगाइले आइसोलेशन वार्ड बनाएको बिषयमा बिभिन्न कलाकारहरुले सामाजिक सञ्चालमा बधाई दिएका छन् ।

कलाकार दीपकराज गिरीले लेखेका छन् ‘नकारात्मक समाचारहरू त छ्यासछ्यास्ती हेर्न र पढ्न पाइन्छ । यसैबीच छक्का पन्जा टिमका निर्माता निशान बजगाईंले आफ्नो निजि खर्चमा आफू जन्मेको ठाउँमा १० बेडको अक्सिजन सहितको आइसोलेसन वार्ड सञ्चालन गरेको सुन्दा खुशी लागेर शेयर नगरि बस्न सकिएन ।’ उनले अगाडि भनेका छन् ‘जो जो सक्षम छ, सानै भएपनि यसरी नै काम गर्ने हो भने राज्यको मात्रै मुख ताक्नै पर्दैनथ्यो कि ?’ ।

अर्का कलाकार केदार घिमिरेले लेख्छन् ‘देशमा कोभिड संकटका बेला मकवानपुर बकैया गांँउपालिकामा आफ्नै निजी खर्चमा १० शैयाको अक्सिजन सहितको आईसोलेशन वार्ड स्थापना गर्न सफल हुनुभएकोमा ताराचन्द्र बजगाई लाई हार्दिक बधाई तथा धन्यवाद ।’

कलाकार निर्मल शर्मा, दीपाश्री लगायतले  पनि उनको यो कामको हार्दिक नमन भन्दै प्रशंसा गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप