मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

ला–लिगा जित्ने बार्सिलोनाको अभियान कमजोर

बुधबार, २९ वैशाख २०७८, ०९ : ३३
बुधबार, २९ वैशाख २०७८

लेभान्टेसँग ३–३ गोलको बराबरीमा रोकिएपछि स्पेनिस लालिगाजित्ने बार्सिलोनाको अभियान कमजोर बनेको छ । लेभान्टेले सुरुवातदेखि नै घरेलु मैदानमा बार्सिलोनामाथि दबाब सिर्जना गरेको थियो र अन्तत अंक खोस्न सफल पनि रह्यो । बार्साबाट कप्तान लियोनेल मेस्सी, पेड्री र औसमाने डेम्वेलेले गोल गरे भने  लेभान्टे कागोन्जालो मेलेरो, जोस लुइस मोरालेस र सर्जियो लिओनले गोल फर्काए ।

बराबरीपछि बार्सिलोनाले ३६ खेलबाट ७६ अंकजोडेको छ । ३५ खेल खेलेको एथलेटिको म्याड्रिड ७७अंकसहित लिगको शीर्ष स्थानमा छ । त्यस्तै, ३५ खेल खेलेको रियल म्याड्रिड ७५ अंकसहित तेस्रो स्थानमा छ । बार्सिलोनासँग अंक खोसेको लेभान्टे ४० अंकजोड्दै लिगको १३ औं स्थानमा उक्लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप