साइकल र पैदलयात्री समाउन प्रहरीलाई भ्याई–नभ्याई
बर्दिया । महामारीका बेला अक्सिजनको हाहाकार र कालोबजारी भइरहेको छ । अन्य औषधीजन्य सामग्रीमा पनि कालोबजारी भइरहेको छ । आइसोलेसन सेन्टरहरु बन्न सकिरहेका छैनन् । तर, यस्तो बेलामा सरकारको ध्यानचाहिँ सर्वसाधारणको हिँडडुल नियन्त्रणमा मात्रै केन्द्रित भएको छ ।
दिनहुँजसो मानिस र सवारी साधनलाई नियन्त्रणमा लिएर होल्डिङ सेन्टरमा राखिएको विवरण तयार पारेर केन्द्रमा पठाउने कार्यमा मातहतका सुरक्षाकर्मीहरु खटिएका छन् । तर, उनीहरुले यति आइसोलेसन सेन्टर बनाएर उदाहरणीय काम गरे भन्ने सकारात्मक खबरहरु आउने गरेका छैनन् । यसको एउटा उदाहरण बर्दिया जिल्लामा प्रहरी कार्यालयलाई लिन सकिन्छ ।
मंगलबार बर्दिया प्रहरीले १६२ वटा साइकल समातेको छ । त्यसैगरी ६७ वटा मोडरसाइकल, ९ वटा गाडी र २२ वटा अटो रिक्सालाई समातेर होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मंगलबार एकैदिन ४१६ जना मानिसलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीडीसीमा १ अर्बभन्दा बढीको दुग्धजनय पदार्थ मौज्दात
-
दुर्गा प्रसाईंका अङ्गरक्षक भनिएकाको परिवारले दायर गरे बन्दी प्रत्यक्षीकरणको रिट
-
दुर्गा प्रसाईँको रिटमा सर्वोच्चले चैत १२ गते निर्णय सुनाउने
-
व्यापारी नरेश अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
-
सासु–ससुराको स्याहार गर्ने ७५ जना असल बुहारी सम्मानित
-
‘साइज’मा आउँदै वैदेशिक व्यापार, आयात-निर्यातको गिरावट कायमै