मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

होम आइसोलेशनमै महिलाको मृत्यु

मङ्गलबार, २८ वैशाख २०७८, २३ : ४६
मङ्गलबार, २८ वैशाख २०७८

विदुर । होम आइसोलेशनमा बसेका एक कोरोना सङ्क्रमितको आज मृत्यु भएको छ ।  मृत्यु हुनेमा  लिखु गाउँपालिका –ं२ का  ६६ वर्षीया महिला छिन् । योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत उत्तमराज खनालले कोरोना सङ्क्रमित  महिला आफ्नै घरमा एकान्तबासमा रहेका समयमा मृत्यु भएको जानकारी दिए  ।

उनी यही वैशाख १६ गते खुट्टामा समस्या भएसँगै जाँच गराउन त्रिशूली अस्पतालमा आएको र पीसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको बताइएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप