मृत्युपछि भाइरल भयो दिल्लीकी गर्भवतीको सन्देश –‘कोरोनालाई हल्का नलिनुस्...’
एजेन्सी । ‘हेल्लो एभ्रिवान । मैले यो भिडियो निकै मुस्किलसँग बनाइरहेको छु । म तपाईहरु सबैलाई बताउन चाहन्छु कि कोरोनालाई हल्का नलिनुस् । निकै खराब लक्षण छ । म राम्रोसँग बोल्न पनि सकिरहेकी छैन । तर आफ्नो सन्देश सबै समक्ष पुर्याउन चाहन्छु । कृपया बाहिर निस्किएका बेला, मानिसहरुसँग कुराकानी गर्दा, जहिले पनि मास्क लगाउनुस् ।’
यी कुरा दिल्लीकी ती महिलाले आफ्नो अन्तिम भिडियोमा भनेकी हुन् । यी महिलाले कोरोनाको लडाइँ हारिसकेकी छिन् । तर, आफ्नो अन्तिम भिडियोमा उनले मानिसहरुलाई सम्हालिएर बस्न आग्रह गरेकी छिन् । उनका पति रविचावलाले आफ्नी श्रीमती र नजन्मिएको शिशुको मृत्यु भएको जानकारीसहित यो भिडियो सन्देश ट्वीटरमा पोस्ट गरेका छन् ।
यी महिलाको नाम दीपिका हो । ११ अप्रिलमा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । १७ अप्रिलमा उनले यो भिडियो रेकर्ड गराएकी हुन् । त्यतिबेला उनको स्वास्थ्य बिग्रँदै थियो । अन्त्य, २६ अप्रिलमा कोरोनाबाट हार खाएर संसार छाडिन् । दीपिका आफ्ना साढे तीन वर्षका छोरा र पतिलाई छाडेर बिदा भएकी हुन् । दीपिकाका पति रविले ९ मेइमा यो भिडियो ट्वीटरमा शेयर गरेका हुन् । जहाँ उनले लेखेका छन्, ‘उनी पुरै तरिकाले मातृत्वका लागि समर्पित थिइन् र आफ्नो नजन्मिएको बच्चासँगै स्वर्ग गइन् । र, साढे तीन वर्षका बच्चालाई छाडेर गइन्, ह्याम्पि मदर्स डे दीपिका ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएल क्रिकेटमा राजस्थानको लगातार दोस्रो जित, दिल्ली १२ रनले पराजित
-
सिभिल अस्पतालमा ‘फेल’ भएका कर्मचारी ८६ दिनदेखि आन्दोलनमा, के गर्दैछ सरोकारवाला निकाय ?
-
देशका यी भूभागमा आज पनि चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
अस्पताल परिसरमा इजरायली कारबाही, एक हप्तामा २ सय व्यक्तिको मृत्यु
-
एक वर्षमा ५ हजार १५० वटा गम्भीर प्रकृतिका अपराध