काँग्रेस कास्कीले आइसोलेसन र एम्बुलेन्स सञ्चालन गर्ने
पोखरा । पोखरामा कोरोना संक्रमण तीव्ररुपमा बृद्धि भएपछि नेपाली काँग्रेस कास्कीले पार्टी कार्यालयलाई आइसोलेसन वार्ड बनाउने भएको छ । पार्टीले कोरोना संक्रमितलाई राख्नका लागि पोखराको चिप्लेढुङ्गा र खुदीमा रहेको पार्टी कार्यालयलाई आइसोलेशन वार्ड बनाउन दिने निर्णय गरेको हो । त्यसैगरी पार्टीले संक्रमितका लागि एम्बुलेन्स सञ्चालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएको छ ।
काँग्रेसले संक्रमितलाई अस्पतालसम्म पुग्न कठिनाइ भएको र महँगो रकम तिर्नु पर्ने अवस्था रहेकाले यही जेठ १ गतेदेखि एम्बुलेन्स संचालन गर्ने निर्णय गरेको प्रशासनलाई जानकारी गराउँदै अनुमति समेत लिएको छ । कास्की काँग्रेसका सचिव देवेन्द्र रानाभाट र प्रवक्ता नवीन सिग्देल मङ्गलबार जिल्ला प्रशासन कार्यालय कास्की पुगेर प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई पार्टीको निर्णयबारे जानकारी गराएका थिए । नेताद्वयले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गौतमले आवश्यकता अनुसार समन्वय गर्दै जाने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसईई अनुगमनका लागि दिईएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु
-
दिल्लीका प्रशिक्षक रिकी पोन्टिङ रिसाएपछि रोकिएको थियो खेल
-
गाजामा औषधि र खाद्य सामग्री पुर्याउन दिन इजरायललाई आदेश
-
रुपेडिया नाकामा थन्किएको ‘ड्रिलिङ’ मेसिनको सामान छुट्न सुरु, तीनवटा ट्रक सुर्खेत पुगे