मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

प्रहरीद्वारा थप ६ सय ७० वटा अक्सिजन सिलिन्डर संकलन

मङ्गलबार, २८ वैशाख २०७८, २१ : २१
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । नेपाल प्रहरीले देशभरबाट पछिल्लो २४ घण्टामा ६ सय ७० जान अक्सिजन सिलिन्डर संकलन गरेको छ । संकलित सिलिन्डरमध्ये ३ सय ९१ वटा भरिएका सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । खाली संकलन गरिएका २ सय ७९ सिलिन्डर भर्नका लागी अक्सिजन प्लान्टमा पठाइएको छ ।

कोभिड–१९ जिल्ला संकल व्यवस्थापन केन्द्रसँगको समन्वयमा प्रहरीले कोरोनाका विरामीको उपचार भइरहेको अस्पताललाई ति अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ ।

काठमाडौं उपत्यकाबाट संकलित सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए ।

मंगलबार संकलन गरिएका मध्ये १ सय ७३ थान सिलिन्डर बाँकी रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोरोना भाइरस संक्रमितको उपचारका लागी प्रहरीले उद्योग, कलकारखाना, वर्कशप, वेल्डिङ पसल र व्यक्तिका घरमा रहेको सिलिन्डर संकलन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप