मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

सत्ताका लागि अपवित्र गठबन्धन नबनाउन देउवालाई थापाको सुझाव

मङ्गलबार, २८ वैशाख २०७८, २१ : ००
मङ्गलबार, २८ वैशाख २०७८

राप्रपा अध्यक्ष कमल थापाले काँग्रेस सभापति शेरबहादुर देउवालाई सत्ताको लागि अपवित्र गठबन्धन नबनाउन सल्लाह दिएका छन् । बरु ६ महिनाभित्र नयाँ चुनावमा देशलाई लैजाने गरी वातावरण बनाउनतिर काँग्रेस लाग्नुपर्ने उनको भनाइ छ ।  सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार र अभ्यासले काँग्रेस पार्टीकै पनि भलो नहुने बताउँदै उनले यसले प्रजातन्त्र नै विकृत हुने दावी गरेका छन् । 

‘अपवित्र गठबन्धन बनाएर, पार्टी फुटाएर ,सांसद किनबेच गरेर सरकार बनाउने गलत संस्कार/अभ्यासले काँग्रेसको भलो गर्दैन,प्रजातन्त्र विकृत हुन्छ’ थापाले मंगलबार ट्वीटरमा भनेका छन्, ‘निष्पक्ष चुनावको वातावरण सुनिश्चित गरी ६ महिना भित्र नयाँ चुनावमा गरौं। विगतका त्रुटि कमजोरी हटाऔँ । चुनाव मात्र विद्यमान संकटको समाधान हो।’

उनले सम्पूर्ण राष्ट्रिय शक्ति र श्रोत अहिले कोरोना महामारी विरुद्ध केन्द्रित गर्न पनि आह्वान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप