शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाका जटिल नयाँ बिरामी भर्ना लिन असमर्थ छौँ : मेडिसिटी अस्पताल

मङ्गलबार, २८ वैशाख २०७८, २० : १९
मङ्गलबार, २८ वैशाख २०७८

ललितपुर । ललितपुर नख्खुस्थित नेपाल मेडिसिटी अस्पतालमा कोभिड–१९ र बिरामीको सुरक्षित उपचारमा अक्सिजनको अभाव भएको जनाएको छ । अस्पतालमा अहिले १२० भन्दाबढी कोरोना र १०० हाराहारीमा अन्य बिरामीको  उपचार भइरहेको अस्पतालका प्रवक्ता डा. राज राणाले जानकारी दिए ।

चालीसभन्दा बढी  भेन्टिलेटरसहित सघन उपचार कक्षमा रहेको उक्त अस्पतालले सम्पूर्ण क्षमता, जनशक्ति र संयन्त्रको उपयोग गरी कोभिडका बिरामीको उपचारमा गरिरहेको जनाएको छ । प्रत्येक दिन ४ सय पचासदेखि ५ सय आवश्यक पर्नेमा १ सय सिलिन्डर मात्र अक्सिजन प्राप्त हुने गरेको जानकारी अस्पतालले दिँदै यस्तो परिस्थितिमा उपचार गर्न कठिनाई हुने भएकाले सहज आपूर्तिको व्यवस्था मिलाउन मन्त्रालय, सिसिएमसी र सम्बन्धित निकायसँग अपील गरेको छ ।  अक्सिजनको सहज आपूर्तिको सुनिश्चित नभएसम्म कोभिडका जटिल  बिरामीको नयाँ भर्ना लिन असमर्थ रहेको अस्पतालले विज्ञप्ति मार्फत जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप