बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लहानको दुर्गा मन्दिर क्षेत्रको सुनचाँदी बजार अनिश्चितकालका लागि सिल

मङ्गलबार, २८ वैशाख २०७८, २० : ०६
मङ्गलबार, २८ वैशाख २०७८


सिरहा  । जिल्लाको लहान नगरपालिका ७ दुर्गा मन्दिर क्षेत्रमा अवस्थित सुनचाँदी बजार अनिश्चितकालका लागि सिल गरिएको छ। एकै परिवारका ४ जनामा कोरोना पुष्टि भएपछि आजदेखि बजार क्षेत्र अनिश्चितकालका लागि सिल गरिएको  हो ।  

लहान नगरपालिका ७ का वडाअध्यक्ष राकेश रोशन गुप्ताले सुनचाँदी व्यवसाय गर्दै आएका एकै परिवारका ४ जनामा सोमबार कोरोना पुष्टि भएपछि बजार क्षेत्र सिल गरिएको बताए । लहान ७ मा पर्ने पुरानो बजारको दुर्गा मन्दिर क्षेत्रदेखि  शिव चोकमा अवस्थित एलईडी एरियासम्म अर्को सूचना प्रकाशित नहुन्जेल सम्मका लागि सिल गरिएको वडा अध्यक्ष गुप्ताले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप