आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिनः जनस्वास्थ्य विज्ञ डा. पाण्डे

काठमाडौं । आगामी ३ हप्ता नेपालको लागि अत्यन्तै कठिन अवस्था हुने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले बताएका छन् । अस्पतालमा बेड र अक्सिजनको चर्को अभाव देखिएपछि यो अवस्था अझै ३ हप्ता रहने उनले बताएका छन् ।
यो ३ हप्ता दुःख सहेर भएपनि घरभित्र नै बस्न उनको सुझाव छ । डा. पाण्डेले ३ हप्ता पछि संक्रमणको दर विस्तारै घट्दै जाने पनि बताएका छन् ।
यसैगरी, उनले जीवनको तुलनामा दु:ख सानो भएकाले खाद्यान्न किन्न दैनिक बाहिर ननिस्किन पनि सुझाव दिएका छन् । डा. पाण्डेले पसल, बाटो, चोक, खेल्ने ठाउँ, गल्ली सबैतिर संक्रमित भएकाले बाहिर निस्कनै परेको अवस्थामा डबल मास्क लगाएर मात्रै निस्किन आग्रह गरे ।
उनले ६ फिटभन्दा धेरै दुरी कायम गर्ने, साबुन पानी/स्यानिटाइजरले निरन्तर हात सफा गरेर गर्ने, भेटघाट बन्द गर्ने जस्ता स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि सवै नागरिकलाई अपिल गरेका छन् । यसपटकको कोरोना भाइरसको प्रजातिलाई नजरअन्दाज नगरी सरकारले गरेको कडाइलाई साथ दिँदै सेल्फ लकडाउनमा बस्न पनि डा. पाण्डेले आग्रह गरेका छन् ।
कोरोना महामारी रोकथाम भन्दा उपचार निकै कठिन र जोखिमपूर्ण भएकाले यो ३ हप्ता दुःख सहन सवैमा उनको आग्रह छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कूटनीतिक ‘इङ्गेजमेन्ट’ बढाएका छौँ, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
-
गृह र सामान्य प्रशासन सचिवद्वारा दरबन्दी बेगर कर्मचारी राखेको स्वीकार
-
कृषि, पर्यटन र पुरातत्वको उपत्यका ‘चित्लाङ’
-
प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
-
ब्रेन्टफोर्डका थोमस फ्राङ्क बने टोटनह्यामको नयाँ म्यानेजर
-
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबार बस्ने