चीनबाट आइपुग्यो भेन्टिलेटर र अक्सिजन सिलिन्डर
काठमाडौं । चीनले नेपाललाई दिएको स्वास्थ्य सामग्री मंगलबार काठमाडौं आइपुगेको छ । चीनबाट आएको स्वास्थ्य सामग्रीमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर लगायत छन् । चिनियाँ दूतावासले दिएको दिएको जानकारी अनुसार मंगलबार अपरान्ह नेपाल वायु सेवाको विमानले स्वास्थ्य सामग्रीहरु काठमाडौं ल्याइपुर्याएको हो ।
चीनले उपलब्ध गराएको स्वास्थ्य सामग्रीमा १० वटा भेन्टिलेटर मेसिन, ४०० थान अक्सिजन सिलिन्डर लगायत छन् । चिनियाँ कम्पनी होङ्सी सिमेन्टका तर्फबाट नेपाललाई यी सामग्रीहरु अनुदान दिइएको दूतावासले जनाएको छ ।
नेपालको वर्तमान महामारी गम्भीर रहेको भन्दै चीनले नेपाललाई आपतकालीन अनुदान सहयोग प्रदान गर्न समन्वय गरिरहेको चिनियाँ दूतावासले जनाएको छ । महामारी विरूद्ध नेपाली जनताको लडाइँलाई समर्थन गर्दै नेपाल सरकारको अनुरोध अनुरुप चीन सरकारले नेपाललाई आपतकालीन चिकित्सा सहयोग पु¥याउने निर्णय गरेको दूतावासले जनाएको छ ।
गत अप्रिलमा सम्पन्न भिडियो सम्मेलनमा चीन, अफगानिस्तान, पाकिस्तान, नेपाल, श्रीलंका र बंगलादेशका परराष्ट्रमन्त्रीले कोभिडविरुद्धको लडाईमा सहयोगका बारेमा छलफल गरेका थिए । त्यहीबेला चीनले नेपाललाई कोरोनाविरुद्ध लड्नका लागि सामग्रीहरुको सहयोग गर्ने वचन दिएको दूतावासले स्पष्ट पारेको छ ।
चीन सरकार नेपाली जनताका साथ दृढतापूर्वक खडा हुने बताउँदै नेपालमा विभिन्न च्यानलमार्फत चाँडोभन्दा चाँडो थप चिनियाँ सहयोग पु¥याइने नेपालस्थित चिनियाँ दूतावासका प्रवक्ता वाङ सिआओलाङले मंगलबार एक विज्ञप्तिमार्फत प्रतिवद्धता जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण