अवस्था जटिल हुँदै गएको छ : स्वास्थ्यमन्त्री त्रिपाठी

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण उच्च गतिमा बढेकाले जटिल अवस्था सृजना भएको बताएका छन् । मन्त्री त्रिपाठीले कोरोना संक्रमण बढ्ने ट्रेन्ड जारी रहेकोले जटिल अवस्था सृजना भएको बताए ।
मंगलबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री त्रिपाठीले छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको दर उच्च रहेकोले नेपालमा संक्रमण उच्च बिन्दुमा पुग्ने क्रम जारी रहेको सुनाए । यसअघि सरकारले असार सम्ममा दैनिक ११ हजार कोरोना संक्रमित पुष्टि हुने कुराको प्रक्षेपण गरेको थियो ।
सरकारले असार मसान्तसम्म संक्रमण उच्च गतिमा बढ्ने प्रक्षेपण गरेपनि त्योभन्दा तिव्र गतिमा संक्रमण बढिरहेको छ । अहिले अक्सिजनको माग अत्याधिक बढेकाले मागअनुसार पुर्याउन नसकिएको मन्त्री त्रिपाठीको भनाई छ । मन्त्री त्रिपाठीले सरकारी अस्पतालमा १६ हजार बेड रहेपनि बिरामीलाई समस्या परिरहेकोले सरकार अधिकतम स्रोत साधनको प्रयोगमा लागिरहेको स्पष्ट पारे । बिरामीहरुलाई पर्न गएको समस्याबाट सरकार दुःखी भएको उनले बताए ।
स्वास्थ्य मन्त्रालयका सल्लाहकार तथा वरिष्ठ जनस्वास्थ्यविद् डा.रोशन पोखरेलले ४५ दिनपछि पुग्ने आंकलन गरिएको उच्च संक्रमण दर अहिले नै पुगेको बताए । तिव्र गतिमा संक्रमण बढेकोले मन्त्रालयले मात्रै धान्न नसक्ने बताउँदै उनले सरकार सम्वद्ध सबै निकायहरु महामारी नियन्त्रणमा लाग्नुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
जाजरकोटमा फेरि अर्को भूकम्प
-
लेखक पशुपति घिमिरेका दुई पुस्तक ‘वाण्डरिङ वर्डस’ र ‘थ्री डाइमेन्सन्स अफ बुद्धिजम’ सार्वजनिक
-
राजेश हमालद्वारा १८ डी सिनेमा उद्घाटन
-
माओवादी अभियान : गैँडाकोटमा प्रचण्डको मर्निङ वाक, लखन थापाको सालिकमा माल्यार्पण
-
वैशाख १५ सम्म नारायणघाट–बुटवल सडकखण्ड रातको समयमा बन्द
-
नयाँ वर्षको अवसरमा ७ चलचित्र निर्माणको घोषणा, तीनको प्रदर्शन मिति तय