बबिता सर्जिकल हाउसलाई २ लाख जरिवाना
काठमाडौं । बबिता सर्जिकल हाउस, इटहरीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कारबाही गरेको छ । स्वास्थ्य सामाग्री अन्तरगत सर्जिक ह्यान्ड स्यानिटाइजरलाई खरिद मूल्यभन्दा अधिकतम १०३ प्रतिशत बढी नाफा राखि बिक्रि वितरण गर्ने गरेको पाइएपछि विभागले उक्त फर्म माथि कारबाही गरेको हो ।
विभागले फर्ममाथि दुई लाख रुपैयाँ जरिवाना गरेको छ । मंगलबार बजार अनुगमनका क्रमममा विभागद्वारा खटिएको टोलीले बजार मूल्य नतोकिएको तर खरिद मूल्य ३९ रुपैयाँ ३० पैसा रहेको भारती उत्पादनको लाइभ गार्ड ब्राण्डको ह्याण्ड स्यानिटाइजर कम्पनीले अधिकतम ८० रुपैयाँमा बिक्री वितरण गरिरहेको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही गरिएको जनाएको छ ।
त्यस्तै, इटहरीकै अर्को एक फर्म होम्ताङ आयुर्वेद औषधालयले समेत विना बिलबिजक ह्यान्ड स्यानिटाइजर लगायत अन्य औषधिजन्य वस्तुहरुको खरिद बिक्री गरिरहेको पाइएकाले सो फर्म माथि समेत ऐन बमोजिम अन्द स्पर्ट २० हजार रुपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा