कैलालीमा निषेधाज्ञा बढाइयो

कैलाली । कैलालीमा आगामी जेठ ६ गतेसम्म निषेधाज्ञा बढाइएको छ । सोमबार जिल्ला कोभिड–९ संकट व्यवस्थापन केन्द्रको बैठक बसी कैलालीमा जेठ ६ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै मंगलबार प्रमुख जिल्ला अधिकारीले जेठ ६ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेका हुन् ।
कोरोना संक्रमण बढ्दै गएपछि कैलालीमा पहिलो चरणमा वैशाख १६ देखि २२, दोस्रो चरणमा २३ देखि वैशाख मसान्तसम्म निषेधाज्ञा लगाइएको थियो । संक्रमण बढ्दो क्रममा रहेको भन्दै स्थानीय प्रशासनले जेठ ६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा बढाएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार निषेधाज्ञामा थप कडाइसमेत गरिएको छ । तरकारी, फलफुल तथा खाद्य वस्तुका पसल व्यवसायहरु हप्ताको ३ दिनमात्र खोल्न पाउने गरी निषेधाज्ञालाई कडाइ गरिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयका अनुसार जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्दै मंगलबार, बिहीबार र शनिबार बिहान ६ बजेदेखि ९ बजेसम्म मात्र तरकारी तथा फलफूल पसल सञ्चालन गर्न पाइने छ ।
त्यस्तै राजश्व दाखिला र सरकारी कारोबार बाहेक बैंक तथा वित्तीय संस्थाका सबै सेवा बन्द गरिएको छ । बैंक तथा वित्तीय संस्थाको अत्यावश्यक भुक्तानीका लागि एटिएम तथा विद्युतीय प्रणाली प्रयोग गर्न पनि प्रशासनले आग्रह गरेको छ ।
अत्यावश्यक बाहेक अन्य सार्वजनिक सेवा पूर्ण रुपमा बन्द गर्ने र सरकारी कार्यालयबाहेक अन्य कार्यालयले बढीमा २५ प्रतिशत संख्यामा कर्मचारी तथा सवारी साधन प्रयोग गरी कार्यालयको आन्तरिक व्यवस्थापन गर्न पनि जिल्ला प्रशासन कार्यालयले निर्देश गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार
-
३० हजार घुस लिएको आरोपमा सई खड्काविरुद्ध विशेष अदालतमा मुद्दा दायर