शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीलंका टुरमा द्रविडले सम्हाल्न सक्छन् भारतको प्रशिक्षण

मङ्गलबार, २८ वैशाख २०७८, १६ : ३७
मङ्गलबार, २८ वैशाख २०७८

एजेन्सी । आगामी जुलाईमा भारतीय टिम श्रीलंकाको भ्रमणमा जाँदैछ । यस टुरका दौरान दुई देशबीच तीनवटा टी २० र तीनवटा वन डे म्याचको सिरिज हुनेछ ।  यस सिरिजमा भारतका पूर्व ब्याट्सम्यान राहुल द्रविडलाई प्रशिक्षक बनाउने तयारी थालिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

श्रीलंका र भारतबीच १३, १६ र १९ जुलाईमा वन डे सिरिज हुनेछ । त्यसपछि २२ र २७ जुलाईमा टी २० म्याच हुनेछ । यो टुर ५ जुलाईदेखि २८ जुलाईसम्म चल्नेछ ।  श्रीलंका टुरमा भारतले बी टिमलाई पठाउने चर्चा पनि चलिरहेको छ । किनकि, यही समय भारतको ए टिमले १८ जुलाईमा न्युजिल्यान्ड विरुद्ध वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल खेल्नेछ । 

त्यसपछि अगस्टमा इङ्ल्याण्डविरुद्ध ५ म्याचको टेस्ट सिरिज पनि खेल्नेछ । रविशास्त्री टिमसँगै हुनेछन्, यस्तोमा टिमको प्रशिक्षक द्रविड हुन सक्छन् ।  द्रविडले यसअघि भारतको युवा टोलीलाई प्रशिक्षण दिएका थिए । उनको कार्यकालमा भारतले २०१८ मा यु १९ वर्ल्ड कप जितेको थियो । द्रविडले यु १९ मा प्रशिक्षण दिएका केही खेलाडी अहिले राष्ट्रिय टिममा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप