सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

नयाँ सरकार गठनको रस्साकस्सी, जनमोर्चाका सांसदद्वारा हस्ताक्षर गर्न अस्वीकार

मङ्गलबार, २८ वैशाख २०७८, १५ : ४८
मङ्गलबार, २८ वैशाख २०७८

 राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश सांसद कृष्ण थापाले गठबन्धनलाई समर्थनका लागि हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि नयाँ गठबन्धनको सरकार बनाउन हस्ताक्षर अभियान चलिरहेका बेला सांसद थापाले नयाँ बन्ने सरकारलाई समर्थनका लागि हस्ताक्षर नगर्ने बताएका हुन् । 

प्रदेशसभाका तीन जना सांसद मध्ये सांसद कृष्ण थापा र खिम विक्रम शाहीले हस्ताक्षर गर्न आनाकानी गरेपछि मंगलबार जनमोर्चाका केन्द्रीय महासचित मनोज भट्ट उनीहरुकै निवासमा हस्ताक्षरका लागि पुगेका थिए । तर, महासचिवले पार्टी केन्द्रको निर्देशन अनुसार हस्ताक्षर गर्न आग्रह गरेपनि उनले हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् । 


राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका अध्यक्ष शंकर बरालले पार्टीले नयाँ गठबन्धनलाई समर्थन गर्न निर्देशन दिएको भएपनि सांसद थापाले नमानेको बताए । 

प्रदेश प्रमुख सीता कुमारी पौडेलले आइतबार मुख्यमन्त्री गुरुङले राजीनामा दिएपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा तीन दिन भित्र बहुमत सहित उपस्थित हुन निर्देशन दिएकी थिएन । 

सरकार गठनका लागि प्रदेश प्रमुख पौडेलले दलहरूलाई दिएको समय भोली राति सकिँदैछ ।
कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षर प्रदेश प्रमुखलाई बुझाउने तयारी गरेका थिए । प्रदेशमा बहुमतका लागि राष्ट्रिय जनमोर्चा निर्णायक छ । जनमोर्चासँग तीन जना सांसद छन् । गण्डकीमा ६० जना प्रदेशसभा सदस्य रहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप