बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ मा दोस्रो लहरको कोरोनाबाट मृत्यु हुनेको संख्या १०६ जना पुग्यो

मङ्गलबार, २८ वैशाख २०७८, १३ : ३८
मङ्गलबार, २८ वैशाख २०७८

प्रदेश १ मा कोरोनाको दोश्रो लहर सुरु भएयता १०६ जना संक्रमितले ज्यान गुमाएका छन् । गएको वैशाख १ यता हालसम्म उनीहरुको विभिन्न कोभिड अस्पताल एव होम आइसोलेसनमा मृत्यु भएको हो।

पछिल्लो एक सातायता प्रदेशमा दैनिक ८ जना संक्रमितले ज्यान गुमाउँदै आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोभिड अस्पतालहरूका अनुसार पनि वैशाख महिनाको अन्तिम साता मृत्युदर अत्याधिक बढेको छ । बिराट मेडिकल कलेजका निर्देशन डा ज्ञानेन्द्रमान सिंह कार्कीले अस्पताल भर्ना भएका बिरामीलाई बचाउन कठिन हुँदै जादा संक्रमितको मृत्युदर उच्च भएको बताए ।
मन्त्रालयको अभिलेख अनुसार सोमबार मात्रै ११ जना संक्रमितको विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको छ।

सोमबार बेलुकादेखि मंगलबार बिहानमात्रै प्रदेश १ का विभिन्न अस्पतालहरुमा थप १२ जनाले ज्यान गुमाएका छन्।

 मन्त्रालयका अनुसार कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख ३ मा पहिलो  एक जनाको मृत्यु भएको थियो।
 बैशाख २१ यता दैनिक मृत्युदर ८ जना रहेको छ ।

प्रदेश १ मा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या भने ५ सय ७७ रहेको छ । जसमध्ये प्रदेश १ मै स्थायी ठेगाना भएका मृतकको संख्या ५ सय २९ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप