बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

पाँचथरमा दिनहुँ थपिँदै कोरोना सङ्क्रमित

मङ्गलबार, २८ वैशाख २०७८, १३ : ३८
मङ्गलबार, २८ वैशाख २०७८

पाँचथर । जिल्लाका नयाँ भेरियन्टको कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या दिनहुँ बढिरहेको छ । आज बिहानसम्ममा सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ । सोमबार जिल्लामा १३ नयाँ सङ्क्रमित थपिएका छन् । सदरमुकाम फिदिममा पाँच सङ्क्रमित थपिएका छन् भने तुम्बेवामा पहिलो पटक एकजना सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय पाँचथरमा प्रमुख नारद सुवेदीले जानकारी दिए । फिदिममा यसअघि भेटिएका सङ्क्रमितहरुको कन्ट्याक्ट टे«सिङमा परेकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा नयाँ सङ्क्रमित थपिएका हुन् ।

यता याङवरकमा सोमबार एकै दिन सात जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्यकर्मीका अनुसार याङवरक–४ थर्पुमा पाँच र याङवरक–२ फलैँचामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो । उनीहरू सबैको एन्टिजेन परीक्षण गरिएको हो । सोमबार नै थप सात जनाको पिसिआर परीक्षण गरिएको भए पनि नतिजा आउन बाँकी छ । 

यद्यपि जिल्ला प्रशासन कार्यालयको कोभिड–१९ दैनिक रिपोर्टअनुसार एकजना सङ्क्रमित निको भएका छन् भने एक उपचारमा छन् । बाँकी सबै होम आइसोलेशनमा छन् । कार्यालयले रिपोर्टमा कूल सङ्क्रमितको सङ्ख्या ४० उल्लेख गरेको छ । सोमबार नै ४ बजेभन्दा पछि याङवरकमा सातजना सङ्क्रमित थपिएका हुन् । गत आइतबार मात्रै पाँचथरमा १७ जना सङ्क्रमित थपिएका थिए ।

सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएसँगै आजदेखि पाँचथरमा निषेधाज्ञा जारी गरिएको छ । बिहान ९ बजेसम्म सदरमुकाम फिदिममा सार्वजनिक सवारीका साधन ठप्प प्रायः देखिएका छन् । निर्माण कार्यमा प्रयोग भएका सवारी भने सञ्चालनमा देखिएका छन् । बिहान ५ देखि ९ बजेसम्म अत्यावश्‍यक सेवाका पसल तथा सेवा खुल्ला गरिए अनुसार पसल खुलेका छन् भने सडकमा सर्वसाधारणको उपस्थिति सामान्य छ । आजदेखि शुरु भएको निषेधाज्ञा एक साताका लागि जारी गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप