काठमाडौं उपत्यकामा १५ दिन निषेधाज्ञा थप्ने निर्णय (भिडियो सहित)
काठमाडौं । काठमाडौं उपत्यकाका थप १५ दिन निषेधाज्ञाको समय थप गर्ने निर्णय गरिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो ।
निषेधाज्ञाको समय १५ दिन थप्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले रातोपाटीलाई बताए । बैठकमा काठमाडौंका प्रजिअ पराजुली, भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराई र ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत सहभागी थिए । कोरोना संक्रमणका कारण ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौला बैठकमा सहभागी भएनन् ।
प्रमुख जिल्ला अधिकारीले उपत्यकामा विहान १० बजेसम्म किराना पसल र डिपार्टमेन्ट स्टोर खोल्न दिने निर्णय गरेका छन् । ‘९ बजेसम्म मात्र खोल्न दिँदा भीडभाड बढेको हुनाले किराना र डिपार्टमेन्ट स्टोर १० बजेसम्म खोल्न दिने निर्णय गरेका छौं’ काठमाडौंका प्रजिअ पराजुलीले रातोपाटीसँग भने । वैशाख १६ बाट घोषणा गरिएको निषेधाज्ञा पहिलोपटक वैशाख २९ सम्म थपिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्क्रिप्सन तोड्न बाध्य भए भारत छोड्छु : ह्वाट्सएप
-
धेरै अमेरिकी कम्पनीले ठुलो लगानी लिएर नेपाल आउन चाहेका छन् : अतुल
-
महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि
-
मन्त्री तामाङलाई किरातीले बुझाए ‘३ ढोकाको ९ चाबी’
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई