शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कुवेतद्वारा नेपालबाट हुने उडानमा प्रतिबन्ध, थाइल्याण्डद्वारा पनि रोक

मङ्गलबार, २८ वैशाख २०७८, १२ : ५६
मङ्गलबार, २८ वैशाख २०७८

नेपालमा कोरोनाभाइरसको संक्रमण फैलिएसँगै कुवेतले नेपालबाट हुने यात्रुवाहक हवाई उडानमा अर्को सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको छ । कुवेतको उड्डयन प्राधिकरण (ओडीजीसीए) ले नेपालसहित पाकिस्तान, बंगलादेश र श्रीलंकाबाट हुने हवाई उडानमा प्रतिबन्ध लगाएको हो । कुवेतले कार्गो उडानहरुलाई भने सञ्चालनको अनुमति दिने कुवेतको राष्ट्रिय सञ्चारमाध्यम कुनालाई उद्धृत गर्दै समाचारमा उल्ल्ेख गरिएको छ ।

चार देशका नागरिकले कुवेतमा प्रवेश गर्न चाहे तेस्रो मुलुकमा १४ दिन अनिवार्य क्वारेन्टिन बस्नुपर्नेछ । कुनका अनुसार कुवेतको स्वास्थ्य मन्त्रालयको सुझावमा उडानमाथि प्रतिबन्ध लगाउने निर्ढाय गरिएको हो ।

यसअघि, थाइल्याण्ड र यूएईले पनि नेपालबाट हुने उडानमा प्रतिबन्ध लगाइसकेको छ । भारतीय भेरियन्ट फेला परेपछि थाइल्याण्डले यस्तो निर्णय लिएको जनाएको छ ।

स्रोत : www.prothomalo.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप