शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित

मङ्गलबार, २८ वैशाख २०७८, १२ : १४
मङ्गलबार, २८ वैशाख २०७८

मुम्बई । दक्षिण भारतीय (साउथ) फिल्मका सुपरस्टार जुनियर एनटीआर कोरोना संक्रमित भएका छन् । अभिनेता आफैले सामाजिक सञ्जालमार्फत यसको जानकारी दिएका हुन् । जुनियर एनटीआरले ट्वीटमा लेखेका छन्, ‘ममा कोरोना पोजेटिभ देखिएको छ । चिन्ता नगर्नुस्, म ठिक छु ।’ उनले आफु र आफ्नो परिवार आइसोलेसनमा रहेको जानकारी दिँदै डाक्टरको रेखदेख र सबै नियम पालना गरेको समेत बताएका छन् ।

उनले अगाडि भनेका छन्, ‘पछिल्लो केही दिन यता जो जो मानिस मेरो सम्पर्कमा आएका छन् । उनीहरुले पनि आफ्नो परीक्षण गर्नुस् र सुरक्षित रहनुस् ।’ जुनियर एनटीआर भन्दा पहिले साउथ फिल्म इन्डस्ट्रीजका निर्देशक एसएस राजामौली, रामचरण, बरुण तेज कोनिडेला, तमन्न भाटिया, नागा बाबु जस्ता स्टार्स कोरोना संक्रमित भैसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप