‘जुम–जुम’ मा सलमान र दिशा पटानीको केमेस्ट्री
‘राधे योर मोस्ट वान्टेड भाइ’ का हरेक गीतहरुले अहिलेसम्म राम्रो चर्चा बटुलिरहेका छन् । फिल्म रिलिज हुनभन्दा तीन दिनअघि निर्माताहरुले सलमान खान र दिशा पटानीको अभिनय रहेको नयाँ गीत ‘जुम–जुम’ सार्वजनिक गरेका छन् ।
यो अनस्क्रिन जोडीको ‘सिटी मार’ बोलको गीत भर्खरै मात्र सार्वजनिक भएको थियो । अब, रोमान्टिक डान्स नम्बर ‘जुम–जुम’ सार्वजनिक भएको छ ।
यस गीतमा सलमान र दिशाको हल्का–फुल्का केमेस्ट्री देखिन्छ ।
यस गीतलाई सुन्दर एमबी भ्यालीमा सुट गरिएको छ । गीतको संगीत साजिद–वाजिदले कम्पोज गरेका छन् । यस गीतलाई कुणाल वर्माले लेखेका हुन् । ऐश किंग र इयूलिया वन्तुरले गीतमा स्वर भरेका छन् र सिजर गोन्साल्विसले यसको कोरियोग्राफी गरेका छन् ।
फिल्ममा सलमानसँगै दिशा पटानी, रणदीप हुड्डा र ज्याकी श्राफ पनि महत्वपूर्ण भूमिकामा छन् ।
सलमान खान फिल्म र जी स्टुडियोको प्रस्तुती हो, ‘राधे योर मोस्ट वान्टेड भाई’ । यो फिल्म इदको अवसर पारेर १३ मेइमा डिजिटल प्लेटफर्ममार्फत रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला