बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मोहनविक्रम सिंहमा कोरोना संक्रमण पुष्टि

मङ्गलबार, २८ वैशाख २०७८, ११ : १०
मङ्गलबार, २८ वैशाख २०७८

नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंह कोभिड–१९ (कोरोनाभाइरस) बाट सङ्क्रमित  भएका छन् । 

उनको होम आइसोलेसनमा प्रतिनिधिसभा सदस्य समेत रहेकी पत्नी दुर्गा पौडेललगायत परिवारका अन्य सदस्यहरूको प्रत्यक्ष रेखदेखमा उपचार भइरहेको  बताइएको छ । 

जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले उनको स्वास्थ्य लाभको कामना गरेका छन् । 

‘उहाँको  स्वास्थ्यमा सुधार हुँदै जानेछ भन्ने विश्वासका साथ हामीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ’, केसीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप