शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकन आइडलको टप ७ बाटै बाहिरिए दिवेश पोखरेल

मङ्गलबार, २८ वैशाख २०७८, १० : ५२
मङ्गलबार, २८ वैशाख २०७८

नेपाली मुलका दिवेश पोखरेल अर्थात आर्थर गनको अमेरिकन आइडलको यात्रा टप ७ बाटै टुंगिएको छ । हालै सार्वजनिक भोटिङ नतिजामा उनी टप ५ मा स्थान बनाउन असफल भएका छन् । 
‘कमब्याक’ प्रस्तुति मार्फत टप १० मा छिरेका दिवेश त्यसपछिको प्रस्तुति मार्फत टप ७ मा पुगेका थिए । आइतबार मदर्स डे स्पेसल एपिसोडमा उनले गाएको गीतले भने उनलाई टप ५ मा पुर्याउन भने सकेन ।
अघिल्लो सिजनमा फस्ट रनर अप बनेका उनलाई महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै आयोजकले यो संस्करणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।
नेपालमा दुई एल्बम र केही गीत गाएपछि अमेरिका पुगेका दिवेश गत सालको अमेरिकन आइडलको उपविजेता बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप