शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भारतबाट अवैधरूपमा काठ काटेर ल्याउने छ जना पक्राउ

मङ्गलबार, २८ वैशाख २०७८, १० : ५२
मङ्गलबार, २८ वैशाख २०७८

निषेधाज्ञाको उल्लङ्घन गरी भारतबाट सालको काठ काटेर ल्याउने कार्यमा संलग्न छ जनालाई सशस्त्र प्रहरीले गए राति भीमदत्त नगरपालिकाको ब्रम्हदेव क्षेत्रबाट पक्राउ गरेको छ । 

पैदल गस्तीमा रहेको सशस्त्र प्रहरीले सीमा इलाकामा गस्ती गर्ने क्रममा रु ६० हजार मूल्य बराबरको सालको काठसहित छ जनालाई पक्राउ गरेको हो ।

काठसहित पक्राउ परेका व्यक्तिलाई आवश्यक कारवाहीका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए । 

काठसहित पक्राउ परेकाहरुको नाम भने सशस्त्र प्रहरीले सार्वजनिक गरेको छैन ।

यसैगरी सशस्त्र प्रहरीले भारतबाट भन्सार छलेर ल्याइएको रु पाँच लाख ३४ हजार ७८० बराबरको अवैध सामानसमेत बरामद गरेको छ । बरामद सामान भन्सार कार्यालय गड्डाचौकीमा बुझाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप