बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौंमा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित

मङ्गलबार, २८ वैशाख २०७८, १० : ४३
मङ्गलबार, २८ वैशाख २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा प्रहरीले संकलन गरेको अक्सिजन सिलिन्डर स्वास्थ्य मन्त्रालयमा केन्द्रित गर्न थालिएको छ ।  
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्णय अनुसार नेपाली सेनाले उपत्यकामा संकलित सिलिन्डर मन्त्रालयमा केन्द्रित गरेको हो । प्रहरीले उपत्यकाका उद्योगधन्दा, वर्कशप, वेल्डिङ पसल र व्यक्तिको घरमा रहेका अक्सिजन सिलिन्डर संकलन गरिरहेको छ । 

ती सिलिन्डर स्वास्थ्य मन्त्रालयमा संकलन गरेर आवश्यक अस्पताललाई उपलब्ध गराइने बताइएको छ । महानगरीय प्रहरी परिसरको मातहतमा बुधवार साँझसम्म २ सय सिलिन्डर संकलन गरिएको छ । ति सिलिन्डर स्वास्थ्य मन्त्रालयमा पठाइने महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले रातोपाटीलाई बताए । 

संकलित सिलिन्डर मन्त्रालयले नै रिफिल गरेर अस्पतालको माग अनुसार उपलब्ध गराउने सिसिएमसीले निर्णय गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप