शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निफमा ‘आमा खान्डो’ उत्कृष्ट

मङ्गलबार, २८ वैशाख २०७८, १० : १३
मङ्गलबार, २८ वैशाख २०७८

फिल्म ‘आमा खान्डो’लाई उत्कृष्ट अवार्ड दिदै चौथो नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) सोमबार सकिएको छ । 

डान्डुप छिरिङको निर्देशन रहेको फिल्मले फेस्टिभलमा राष्ट्रिय प्रतिस्पर्धा तर्फ उत्कृष्ट फिल्म तथा निर्देशन अवार्ड हात पारेको हो । विजेता भए बापत फिल्मले एकलाख नगद समेत हात पारेको छ ।

कलाकार तर्फको पुरुष र महिला दुवै अवार्ड ‘लाटकोसेरो’ले जित्यो । फिल्मबाट नविन शिल्पकार र सरिता गिरीले अवार्ड हात पारे । सिरिस गुरुङ निर्देशित फिल्मले छायाँंकन अवार्ड समेत हात परेको छ । फिल्मको छायाँकन पनि निर्देशकले नै गरेका थिए ।

फिचर तर्फकै उत्कृष्ट पटकथाको अवार्ड भने ‘सरिता टेल मि हु आइ एम’, अन्तर्राष्ट्रिय प्रतिस्पर्धातर्फ फिचर फिल्मको अवार्ड बात्र्या बसु निर्देशित ‘डिक्स्नेरी’ले हात पर्यो । फिल्मले १५ सय अमेरिकी डलर सहित गौतमबुद्ध अवार्ड जितेको हो ।

सर्ट फिल्म तथा डकुमेन्ट्री अन्तर्गत प्रतिस्पर्धामा रहेको अन्तर्राष्ट्रिय फिल्म मध्ये दक्षिण कोरियाको ‘गड्स डटर डान्सेज’ले ५ सय पुरस्कार राशि रहेको बागमती पुरस्कार जितेको छ । नेपालबाट भने राजेश प्रसाद खत्री निर्देशित ‘जुलुङ्गो’ उत्कृष्ट ठहरिएको छ । दक्षिण कोरियाको बुसानमा समेत प्रतिस्पर्धामा रहेको यो फिल्मे पनि ५ सय डलर नै प्राप्त गरेको छ ।

त्यसैगरी फिनल्यान्डको फिल्म ‘उबरफ्रग’ एनिमेटेड विधामा उत्कृष्ट भएको छ । विजेता भएसँगै यो फिल्मले ७ सय ५० डलर पुरस्कार राशि रहेको मञ्जुश्री अवार्ड अवार्ड हात पारेको छ ।

महोत्सवमा डकुमेन्ट्र तर्फको अवार्ड भने स्वीजरल्यान्डबाट सहभागी हुन आएको ‘रिटर्न टु दि लस्ट इडेन’ले जितेको छ । यो फिल्म १ हजार डलर पुरस्कार राशि रहेको माउन्ट एभरेस्ट अवार्ड पाएको छ ।

निफले महामारीलाई लक्ष्य गर्दै यो सालबाट महामारीको वरिपरि रहेर बनाइएको फिल्मलाई पनि पुरस्कृत गर्ने निर्णय गरेको थियो । थपिएको यो विधामा गणेश पाण्डे निर्देशित ‘सिभिल सोल्जर्स’ उत्कृष्ट भएको छ । यो अवार्डको पुरस्कार राशि ५ सय डलर रहेको छ । 

गत बिहीबार सुरु भएको महोत्सवमा ६६ फिल्म देखाइएको थियो । थुप्रै फिल्मकर्मीले अन्र्तक्रिया गरेको कार्यक्रममा तुलसी घिमिरे फिचर फिल्म तर्फका  वल्र्ड पानारोमा र नेशनल फिचर्स अन्तर्गतका फिल्मका निर्णायक थिए भने छिरिङले फिल्म सोसाइटीको अन्तर्राष्ट्रिय संगठन ‘इन्टरनेसनल फेडरेसन अफ फिल्म सोसाइटिज’को तर्फबाट प्रदान गरिने डन क्विजोट अवार्डको निर्णायकको जिम्मेवारी निर्वाह गर्नेछन् ।

यही विधामा निर्णय गर्न छिरिङलाई इटलीकी लाउरा मानकुसो प्रिजटानो र भारतकी मधुरिमा बरुवा सेनले सघाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप