शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रश्न एक थान सरकारको मात्र हैन : डा. बाबुराम भट्टराई

मङ्गलबार, २८ वैशाख २०७८, ०९ : ५४
मङ्गलबार, २८ वैशाख २०७८

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिलेको प्रश्न एक थान सरकार गठनको मात्र नभएको बताएका छन् । 

उनले राष्ट्रिय भूमिका अव दलहरूको कोर्टमा आएको भन्दै मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोना लगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु रहेको बताएका छन् ।

‘अब बल दलहरूको कोर्टमा आएको छ । प्रश्न एक थान सरकारको मात्र हैन, मुख्य प्रश्न लोकतन्त्रको रक्षा गर्दै कोरोनालगायतका राष्ट्रिय समस्याहरूको हल गर्नु हो । त्यसनिम्ति सबै संकिर्ण दलीय/गुटीय सोच भन्दामाथि उठ्नै पर्छ’, सामाजिक सञ्जालमा मंगलबार ट्वीट गर्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका भट्टराईले वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् । 

 

‘वैकल्पिक शक्ति हुनुको नाताले जसपाले एकताबद्ध भएर राष्ट्रिय भूमिका निभाउनैपर्छ !’ भट्टराईको भनाइ छ । 

जसपा वैकल्पिक शक्ति भएको नाताले एकतावद्ध भएर राष्ट्रिय भूमिका निभाउनुपर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप