बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चट्याङ लागेर एक घाइते, एउटा घर जल्यो

मङ्गलबार, २८ वैशाख २०७८, ०८ : २०
मङ्गलबार, २८ वैशाख २०७८

ओखलढुङ्गाको विलन्दुमा चट्याङ लागेर एक गम्भीर घाइते भएका छन् । सोमबार अपराह्न परेको चट्याङ लागेर चम्पादेवी गाउँपालिका–९ विलन्दु खानीगाउँका मोतीबहादुर विक घाइते भएका हुन् । 

गम्भीर घाइते विकको स्थानीय स्वास्थ्यकर्मीबाट उपचार भइरहेको छ ।

त्यस्तै दिउँसो ३ः१५ बजेको समयमा परेको चट्याङले चम्पादेवी गाउँपालिका–९ ओख्रेनीका खड्गबहादुर कार्कीको घर जलेर नष्ट भएको छ । 

आगलागीबाट घरभित्र रहेका धनमाल, अन्नपात, लत्ताकपडा र भाँडाकुँडा जल्दा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले बताए । 

दिउँसो ३ः१५ देखि शुरु भएको आगलागी प्रहरी र स्थानीयवासीको सक्रियतामा बेलुका ५ बजेमात्र नियन्त्रणमा आएको थियो । 

यस वर्ष जिल्लाको लिखु र चम्पादेवी क्षेत्रमा चट्याङका कारण ठूलो जनधनको क्षति भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप