अफगानिस्तानमा तालिवानद्वारा युद्धविराम घोषणा

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेको छ । तालिवान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धविराम गरिएको बताए ।
उनले इदको पहिलेदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारवाहीहरु स्थगित गर्न निर्देशन पनि दिएका छन् । यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ । तालिवान प्रवक्ताले युद्धविरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेका छन् ।
तालिवान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धविरामको घोषणा गरेको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोलकाताको होटलमा आगलागी, १४ जनाको मृत्यु, १३ घाइते
-
आज कति छ सुनचाँदीको मूल्य ?
-
धादिङमा कुटपिट गरेर पुरुषको हत्या गरेको आरोपमा एकजना पक्राउ
-
चैते धानले हरियाली देखिएको फाँट, तस्बिरहरू
-
आगामी बजेटमार्फत जनतालाई राहत दिनुपर्छः सचेतक पाण्डे
-
जग्गा प्राप्त नहुँदै प्रशासनिक संरचना निर्माणमा बागमती सरकारको चटारो