बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा तालिवानद्वारा युद्धविराम घोषणा

सोमबार, २७ वैशाख २०७८, १९ : ४६
सोमबार, २७ वैशाख २०७८

काबुल । अफगानिस्तानको प्रमुख विद्रोही पक्ष तालिबान समूहले इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद अल–फित्रका अवसरमा तीन दिने युद्धविराम घोषणा गरेको छ ।  तालिवान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै इद पर्वका अवसरलाई खुशीयालीपूर्वक शान्तिपूर्ण र सुरक्षित वातावरणमा मनाउन अफगान सरकारसँग तीन दिने युद्धविराम गरिएको बताए ।

उनले इदको पहिलेदेखि तीन दिनका अवधिमा आफ्ना सबै तालिबान लडाकूहरुलाई कुनै पनि आक्रामक कारवाहीहरु स्थगित गर्न निर्देशन पनि दिएका छन् । यस वर्षको इद आगामी बिहीबार पर्ने सम्भावना छ ।  तालिवान प्रवक्ताले युद्धविरामको अवधिमा अफगान सेनाको नियन्त्रणमा रहेका क्षेत्रमा प्रवेश नगर्न पनि आफ्ना लडाकूहरुलाई अनुरोध गरेका छन् ।

तालिवान समूहको अग्रसरतामा देशका विभिन्न भागमा हिंसात्मक भिडन्त जारी रहेकै अवस्थामा तालिबान समूहले युद्धविरामको घोषणा गरेको छ । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप