शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भुवनलाई युजर्सको व्यंग्यात्मक प्रश्न– ‘कोको केसी र अनमोल एउटै आमाका छोरा हुन् त ?

सोमबार, २७ वैशाख २०७८, १९ : १८
सोमबार, २७ वैशाख २०७८

काठमाडौंँ । देशमा यतिबेला कोभिड–१९को नयाँ भेरियन्टले हाहाकार मच्चाएको छ । अचेल दैनिक ८ हजार बढी ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भैरहेको छ । संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । सर्वसाधारण अक्सिजन र अस्पतालको बेड नपाएर छटपटाइरहेको देख्न र सुन्न सकिन्छ ।

सदाबहार अभिनेता भुवन केसी भने यतिबेला घरको कुकुरको जन्मदिन मनाएर बसेका छन् । जसको नाम कोको रहेको छ । भुवनले सामाजिक सञ्जालमा कोकोको केक सहितको तस्बिर शेयर गर्दै दिएको जन्मदिनको शुभकामना समेत दिएका छन् ।
भुवनले तस्बिरका साथ लेखेका छन् ‘ह्यापी बर्थ डे कोको केसी ।’ भुवनको उक्त पोष्टलाई केहीले शेयर, धेरैले लाइक, कमेन्ट गरेका छन् । कमेन्टमा केहीले कोकोलाई जन्मदिनको शुभकामना दिएका छन् त केहीले उक्त पोष्टको खिल्ली उडाउदै बिभिन्न पोष्ट गरेका छन् । युजर्सले त ‘हापी बर्थ डे भुवन अंकल’ समेत भनेर कमेन्ट गरेका छन् ।

शेखर बिष्ट नामका एक सामाजिक प्रयोगकर्ताले केसीको पोष्टमा कमेन्ट गरेका छन् ‘जन्मिनु पर्छ दुनियाँ देखिन्छ । बरु कुकुरको लागि केक किन्ने पैसाले महामारीमा एक छाक खाना खान नपाएको मान्छेलाई खाना खुवाइदिएको भए खुसी त हुन्थ्यो ।’

अर्काे एक जीवन युजर्सले लेखेका छन्– ‘कुकुरको जन्मदिनमा हजारौं पैसा खर्च गर्नुभन्दा कोरोनाले दुःख पाएका गरिब जनतालाई एक मुठी चामल सहयोग गरेको भए । तर आफ्नो आफ्नो शोक हो । जन्मदिनको शुभकामना व्यक्त गर्दछु ।’
पेशल खतिवडा नामक एक युजर्सले अभिनेता अनमोल केसी र कोको केसी एउटै आमाका छोरा हुन् त भनेर समेत प्रश्न गरेका छन् । उनले लेखेका छन् ‘कोको केसी र अनमोल केसी एउटै आमाका छोरा हुन् त ?। तर्कराज कार्की नामक युजर्सले लेखेका छन् ‘तिम्रो छोरालाई जन्मदिनको शुभकामना ।’ कोको भुवनले घरमा पालेको कुकुरको नाम हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप