बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

आजै रातिदेखि संसद अधिवेशन अन्त्य

सोमबार, २७ वैशाख २०७८, १९ : ०८
सोमबार, २७ वैशाख २०७८

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि बोलाइएको विशेष अधिवेशन आज रातिदेखि लागू हुने गरी अन्त्य भएको छ । सरकारले प्रतिनिधिसभा अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेअनुसार अधिवेशन अन्त्य भएकाे हाे । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियाे । आजै राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य भएको प्रतिनिधिसभाका सचिव गाेपालनाथ याेगीले जानकारी दिएका छन् । 

 प्रधानमन्त्री ओलीले विश्वासको मत लिनका लागि बोलाइएको प्रतिनिधिसभाको बैठकपछि सभामुख अग्नि सापकोटाले वैशाख ३० गते अर्को बैठक बोलाएका थिए । साे बैठकसमेत अन्त्य भएको याेगीले विज्ञप्तिमा भनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप