सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

सदनमा उपेन्द्र र महन्थको बराबर मत, दुई–दुईजना सांसद यताउता

सोमबार, २७ वैशाख २०७८, १८ : ०६
सोमबार, २७ वैशाख २०७८

काठमाडौँ वैशाख २७–आजको प्रतिनिधिसभाका विशेष अधिवेशनमा जनता समाजवादी पार्टी सांसदको मत विभाजन भएपनि दुवै पक्ष बराबर देखिएका छन् ।

जनता समाजवादी पार्टीमा ३२ जना सांसद छन् त्यसमध्ये अध्यक्ष उपेन्द्र यादव नेतृत्व गरेका पूर्व समाजवादीका १६ र अध्यक्ष महन्थ ठाकुर नेतृत्व गरेका पूर्व राजपा नेपालका १६ रहेका छन् । तर सदनमा आज भएको मतदानको क्रममा महन्थ ठाकुर पक्षका महेन्द्र राय यादव र चन्द्रकान्त चौधरी उपेन्द्र यादवको पक्षमा गएका छन् भने उपेन्द्र यादव पक्षका उमाशंकर अरगरिया र विमल श्रीवास्तव महन्थ ठाकुरको पक्षमा गएका छन् ।

त्यस्तै, सदनमा महन्थ ठाकुर पक्षका लक्ष्मणलाल कर्ण र उपेन्द्र यादव पक्षका रुही नाज अनुपस्थित थिए । यसरी जसपा नेपालका १५ जना विपक्षमा मतदान गरे भने १५ जना तटस्थ बसे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप