निषेधाज्ञामा पनि बैंकहरू ऋण लगानीमा आक्रामक, एक सातामा १५ अर्ब बाहिरियो

काठमाडौं । बैंकहरुको निक्षेप संकलन भन्दा लगानी विस्तार बढी देखिएको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एक सातामै १५ अर्ब रुपैयाँ ऋण लगानी भएको छ । जबकि यस अवधिमा बैंकमा १० अर्ब निक्षेप भित्रिएको छ । गत सातासम्म (बैशाख १७) ३९ खर्ब २३ अर्ब रुपैयाँ रहेकोमा यो साता (बैशाख २४) १० अर्बले बढेर ३९ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ । यस्तै ऋण लगानी पनि गत सातासम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ थियो । तर यस सातासम्म आइपुग्दा ३६ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ ।
अघिल्लो साताको तुलनामा भने गत साता निक्षेप एक अर्ब रुपैयाँले मात्र बढेको थियो । सो बेला कर्जा लगानी भने ११ अर्बले बढेको थियो । पहिलो चरणको कोरोना महामारीमा लगानी ठप्प बन्दा बैकिङ सिस्टममा अधिक तरलता (लगानी योग्य रकम) थुप्रिएको थियो । तर अहिले उद्योग धन्दाहरू आंशिक खुला भएकाले पनि लगानी विस्तार आक्रामक बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले आफ्नो गल्ती ढाकाछोप गर्न सांसदमाथि आरोप लगाएको छ’
-
ब्याट्सम्यानलाई साथ दिने पिचमा कोलकाता र पञ्जाबलाई सर्वाधिक रन बनाउने कप्तानको भर
-
रोजगारीका सवालमा राज्यले महिलालाई पहिलो प्राथमिकता दिनुपर्छ : हसिना खान
-
बीमामा रुपा गाउँपालिकाको ५० प्रतिशत अनुदान
-
तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको ५ रुपैयाँ दरका नयाँ नोट आजबाट चलनचल्तीमा
-
ढोरपाटन–गुर्जा पदमार्गमा काठे पुल निर्माण