सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

एक महिना स्वास्थ्य संकटकाल लगाउने सरकारको तयारी

सोमबार, २७ वैशाख २०७८, १३ : ००
सोमबार, २७ वैशाख २०७८

सरकारले एक महिना स्वास्थ्य संकटकाल लगाउने तयारी गरेको छ।  सो अनुसार सरकारले राष्ट्रपतिलाई सिफारिस गरेको छ।  
शीतल निवास स्रोतका अनुसार अहिले मुख्य सचिव, गृह सचिव लगायत शीतल निवास पुगेका छन् ।  देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएर अवस्था भयावह भएपछि सरकारले संकटकाल  घोषणा गर्नेगरी सिफारिस गरेको हो।  
यस्तै संसदको विशेष अधिवेशन अन्तको  ड्राफ्ट पनि तयार भएको बताइएको छ । 

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि संसदको विशेष अधिवेशन बोलाइएको थियो भने सो अधिवेशन अन्त्य गर्ने तयारी भएको हो।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप