शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा एकैदिन ९ सङ्क्रमितको मृत्यु

सोमबार, २७ वैशाख २०७८, १७ : ४६
सोमबार, २७ वैशाख २०७८

कैलाली । कैलालीमा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालमा छ, टीकापुर अस्पतालमा दुई  र होम आइसोलेशनमा रहेका एक जनाको मृत्यु भएको होे । 

सेती अस्पतालमा कैलालीको धनगढी उपमहानगरपालिका–३ का ६२ र ८७ वर्षीया महिला, र वडा नं १८ का ४२ वर्षीय पुरुषको मृत्यु भएको  अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । यसैगरी बर्दगोरिया गाउँपालिका–४ का ५२ वर्षीय पुरुष, घोडाघोडी नगरपालिका–१० का ३७ वर्षीय पुरुष र कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ का ३३ वर्षीय पुरुषको पनि मृत्यु भएको उनले जानकारी दिए । 

टीकापुर अस्पतालमा दुई सङ्क्रमितको मृत्यु भएका मध्ये टीकापुर नगरपालिका–७ का ६३ वर्षीया महिला र वडा नं १ का ५१ वर्षीया महिला रहेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप