विश्वासको मत नपाए मार्ग प्रशस्त गरिदिन्छु : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदले विश्वासको मत नदिए आफूले मार्ग प्रशस्त गरिदिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा ओलीले सो कुरा बताएका हुन् ।
उनले विकल्प प्रस्तुत गर्नकै लागि आफूले विश्वासको प्रस्ताव लिन लागेको बताए । उनले भने, ‘विश्वासको मत भनेको संसद बाहिर गरिएको हल्ला होइन । आरोप प्रत्यारोप होइन। यो संसदभित्रको प्रक्रिया हो । मैले संसदको विश्वासका ममाथि छ भन्ने पुष्टि हुन्न भने म मार्ग प्रशस्त गरिदिन्छु ।’
उनले आफूले सरकारको नेतृत्व गर्न आवश्यक छैन भन्ने आदेश संसदले दिएमा स्वतः मार्गप्रशस्त हुने बताए । उनले आफू स्थायित्व र स्थिरताका लागि संसदमा खडा भएको पनि बताए । सबैभन्दा ठूलो पार्टीको हैसियतले पनि आफूले सबै पक्षलाई अघि बढाउँछु भन्ने हिसावले विश्वासको मत मागेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला