बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जर्मनीका ज्वेरेवलाई म्याड्रिड ओपन टेनिसको उपाधि

सोमबार, २७ वैशाख २०७८, १६ : ५४
सोमबार, २७ वैशाख २०७८

एजेन्सी । जर्मनीका अलेक्जेन्डर ज्वेरेवले म्याड्रिड ओपन २०२१ टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । फाइनलमा  मातियो बैरेतिनीलाई हराएर उनले उपाधि जितेका हुन् ।

 फाइनलमा ज्वेरेवले ६–७, ६–४ र ६–३ को जित निकाले । ज्वेरेवले म्याड्रिड ओपनको उपाधि जितेको यो पहिलोपटक हो । फाइनलमा स्थान बनाउने क्रममा उनले यसअघि राफेल नाडाल र डोमिनिक थिएमलाई हराएका थिए । 

ज्वेरेवले अहिलेसम्म म्याड्रिडमा खेलेका १७ खेलमध्ये २६ खेल जितेका छन् भने दुई खेलमात्रै गुमाएका छन् । १९९५ मा जन्मिएका ज्वेरेवले अहिलेसम्म १५ वटा एटिपी टुर उपाधि जितिसकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप