भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार भएको छैन : प्रधानमन्त्री ओली
सोमबार, २७ वैशाख २०७८, १६ : ४९
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको भ्याक्सिन खरिदमा कुनै भ्रष्टाचार नभएको दाबी प्रस्तुत गरेका छन् । सोमबार प्रतिनिधिसभामा सांसदहरुबाट उठेका सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले कोभिड–१९को तिब्र संक्रमणकै बेला दक्षिण एसियामै भारतपछि पहिलो पटक नेपालले भ्याक्सिन उपलब्ध गराएको बताए ।
जसमा भारतबाट पहिलो पटक १० लाख डोज र चीनबाट ५ लाख निःशुल्क पाएको र थप २० लाख सरकारले खरिद गरेर ल्याउँदै गरेको बताए ।
‘४ डलरका दरमा २० लाख भ्याक्सिन खरिद गरेको छ । त्यो पनि जीटूजी प्रणालीमा । यसमा पनि भ्रष्टाचार भएको छ भन्नु हुन्छ भने, आउस् छानबिन गरौं ।
अन्य भ्याक्सिन खरिद गर्ने सवालमा अरुले कमिसनको कुरा गर्नु भएको हो भने, मलाई जानकारी छैन, छ भने मलाई जानकारी दिनुहोला म कारबाही गर्छु,’ प्रधानमन्त्री ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?