मलाई मत दिए प्रतिनिधिसभा विघटन हुँदैन : प्रधानमन्त्री ओली
सोमबार, २७ वैशाख २०७८, १६ : ४८

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई मत दिए प्रतिनिधिसभा विघटन नहुने बताएका छन् । प्रतिनिधिसभा बैठकमा केही सांसदले ओलीले फेरि प्रतिनिधिसभा विघटन गर्न लागेको हल्ला फैलिएको भन्द्यै प्रश्न उठाएपछि ओलीले आफूलाई मत दिए संसद फेरि विघटन नहुने बताएका हुन् ।
उनले आफूलाई ५ वर्षकै म्यान्डेट जनताले दिएको र त्यही कारण राजीनामा नदिएको पनि बताए । ‘संसद विघटन होला कि भन्ने फेरि चिन्ता छ, ए बाबा मत दिम, कसरी विघटन हुन्छ ? आफू मत नदिइ नदिइकन विघटनतिर धकेल्ने, अनि अर्कालाई अवजस लगाउने ?’ ओलीले भने, ‘भीरको टाउकाबाट हामफाल्ने अनि गुरुत्वाकर्णलाई दोष लगाउने ?’ भाषा एउटा व्यवहार अर्को गर्न नहुने भन्दै उनले संसदको स्थायित्व बचाउन पनि चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लन्डनमा डेढ महिनादेखि हराइरहेका नेपाली विद्यार्थी सकुशल फेला
-
पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
आज नारायणको बार कसलाई कति लाभ ?
-
राष्ट्रपति चुरे संरक्षण : १० वर्षमा झण्डै १५ अर्ब खर्च, उपलब्धि ?
-
लागू औषध र अपराधविरुद्ध लड्ने कसम खाएका डुटर्ते अन्ततः आफैं पुगे हिरासत
-
कति पुग्यो अमेरिकी डलर र अन्य विदेशी मुद्राको मूल्य ?