संसद् विघटन गरेर चुनाव घोषणा गर्दैमा लोकतन्त्रको हत्या हुँदैन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने आफ्नो कदमको बचाऊ गरेका छन् । आजको प्रतिनिधिसभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर चुनाव घोषणा गर्ने काम यसअघि पनि हुँदै आएको बताउँदै यसले लोकतन्त्र खतरामा नपर्ने जिकिर गरेका हुन् ।
‘देशको आवश्यकता एकातिर हुन्छ, गणित एकातिर हुन्छ । यसको बीचमा फरक हुन्छ । त्यस्तो अवस्थामा चुनावमा जाँदा लोकतन्त्र खत्तम हुँदैन । बोरिस जोन्सनले अस्ति भर्खर चुनाव गराउनु भयो । संसद विघटन भयो । बेलायतमा कसैले पनि लोकतन्त्र समाप्त भयो, बोरिस जोन्सनले हाम्रो लोकतन्त्रको हत्या गरे भनेर रुँदै कराउँदै हिँडेनन् । चुनावमा गए, फेरि चुनावबाट छानिएर आए ।’
‘ढिलोमा डेढ वर्षमा चुनाव हुनु नै छ । के संसदले त्यसो गर्दा लोकतन्त्रको हत्या हुन्छ ? यसभन्दा अघि पनि थुप्रै पटक भएका छन् ।’
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डप्रति कटाक्ष गर्दै लोकतन्त्रविरुद्ध आन्दोलन गर्नेहरुले लोकतन्त्रको तरफदारी गर्दा गरेको देख्दा आफूलाई खुसी लागेको ओलीले बताए । त्यस्तै, संसदमा नेताहरुले संसदले विश्वासको मत दिन दिँदैन भन्दा आफूलाई पनि त्यस्तो लाग्न थालेको उनले जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठकको ‘ग्याप’मा केन्द्रीय समिति बैठक बोलाउने कांग्रेसको तयारी
-
‘के घर के डेरा : घर नं २’ सेन्सर पास
-
जेल सजाय भोगिरहेका र्यापरमाथि घातक हमला, १४ पटक चक्कु प्रहार
-
महिला टी–२० विश्वकप छनोट : हङ्कङसँग सात विकेटले हार्यो नेपाल
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला