उपेन्द्रलाई ओलीको जवाफ : मैले माखाको साङ्लो भनेको होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको प्रश्न जवाफ दिएका छन् । यादवले मधेसी आन्दोलनकारी मारिँदा आँप झरेको भनेको र मानव साङ्लोलाई माखे साङ्लो भनेकोबारे प्रश्न उठाएका थिए ।
अहिले मधेशीलाई फकाउन थाल्नुभएको छ । मधेस आन्दोलनका क्रममा आन्दोलनकारी मारिँदा दुई चार आँप झरेका हुन् भन्नुहुन्थ्यो के अहिले त्यै आँप खुवाएर फकाउँहुनुहुन्छ तपाईं भन्ने ओलीलाई यादवको प्रश्न थियो ।
यसको जवाफमा ओलीले त्यसलाई अपव्याख्या गरिएको प्रस्टिकरण दिए । उनले भने, ‘मैले मानव साङ्लोलाई माखे साङ्लो भनेको भनेर उदुम मच्चाइयो । मैले माखाको साङ्लो भनेको होइन । जटिल भयो भनेको हो ।’
यस्तै ओलीले आन्दोलनकारी मारिँदा एक दुई आँप झरेको नभएको पनि दाबी गरे । ‘अन्य प्रसंगमा आँपको रुखबाट एक दुई वटा आप झर्दा रुख नै सकिँदैन न भनेको हो’ ओलीले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा