शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु

सोमबार, २७ वैशाख २०७८, १६ : २५
सोमबार, २७ वैशाख २०७८

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा भर्ना भएका १२ जनाको उपचारका क्रममा मृत्यु भएको हो । सोमबार पोखरा लगायत प्रदेशका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा १२ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

उनका अनुसार मृत्यु हुनेहरुमा पोखरा महानगरपालिका–७ का ६७ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका –१३ का ८७ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । उनमा यही २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसैगरी स्याङजा फेदीखोला गाउँपालिका–९ की ६२ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको छ । उनमा बैशाख २३ गते संक्रमण देखिएको थियो ।

त्यस्तै स्याङजा गल्याङ नगरपालिका –३ का ८४ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही २१ गते कोरोना संक्रमण भेटिएको थियो । त्यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका –२ का ३७ वर्षीय पुरुषको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

रुपन्देहीको बुटवल महानगरपालिका–१ का ३४ वर्षीय पुरुषको पनि पोखरास्थित फिष्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यस्तै पर्वतको कुश्मा नगरपालिका १ का ४७ वर्षीय पुरुषको बागलुङ स्थित धौलागिरी अस्पतलमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख २१ गते कोरोना संक्रमण देखिएको थियो । त्यसैगरी तनहुँ भानु नगरपालिका १ का ६५ वर्षीय पुरुषको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा बैशाख २६ गते कोरोना संक्रमण भेटिएको थियो ।

त्यस्तै स्याङजाको वालिङ नगरपालिका–१ का ६४ वर्षीय पुरुषको पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनमा यही बैशाख १७ गते संक्रमण देखिएको थियो ।

यस्तै स्याङजाको हरिनाश गाउँपालिका ४ का ५५ वर्षीय पुरुषको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको छ । उनमा यही बैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाका ७२ वर्षीय पुरुषको बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनको यही २६ गते कोरोना संक्रमण भेटिएको थियो । त्यसैगरी पर्वतको कुश्मा गाउँपालिकाका ६७ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । उनमा बैशाख २१ गते संक्रमण भेटिएको थियो ।

हिजो आइतबार पनि पोखरामा एकै दिन १२ जनाको मृत्यु भएको थियो । गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७५ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप