मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

यूएईले नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगायो

सोमबार, २७ वैशाख २०७८, १६ : ०६
सोमबार, २७ वैशाख २०७८

संयुक्त अरब ईमिरेट्स (यूएई ) सरकारले मे १२ बुधवार राति देखि लागु हुनेगरी नेपालबाट हुने नियमित हवाई उडानमा रोक लगाएको छ। यूएईको राष्ट्रिय आपत्कालीन संकट र विपत्ति व्यवस्थापन प्राधिकरण र नागरिक उड्डयनले नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाका यात्रुहरूको लागि राष्ट्रिय र विदेशी उडानमा रोक लगाएको हो।

गल्फ न्युजका अनुसार कोभिड-१९ प्रभावित देशहरु नेपाल लगायत बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट यात्रीहरूको लागि प्रवेश निषेध गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप