यो देशको राष्ट्रिय समस्या म कि तपाईं हो प्रधानमन्त्रीज्यू ? : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति र स्थायित्वका लागि नयाँ संविधान बनाएपनि मुलुक त्यो दिशातिर नगएकोमा आफु खुसी नभएको बताएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको विपक्षमा बोल्दै प्रचण्डले भने, ‘म खुसी छैन । के सोचेर संविधान बनायौं र अहिले ३ वर्ष नबित्दै अविश्वास प्रस्ताव जस्ता दुष्चक्रमा फस्दैछ’, उनले सरकारका गतिविधिले संविधानलाई नै कोरोना लागेजस्तो अवस्थाबाट गुज्रनुपरेको बताए ।
उनले यस्तो अवस्था आउनुमा प्रमुख जिम्मेवार को ? भन्दै देशको राष्ट्रिय स्वाधिनता, संविधान, कम्युनिस्ट आन्दोलनमा मुख्य संकट कसका लागि आयो प्रधानमन्त्री जी भन्दै प्रश्न गरे । उनले आफुलाई प्रधानमन्त्रीले राष्ट्रिय समस्या भनेको सुनेको भन्दै आफु कि तपाई राष्ट्रिय समस्या हो ? भनेर प्रश्न गरे ।
उनले बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्रधानमन्त्री ओलीले नै तुहाउने गरेको आरोप लगाउँदै पार्टीभित्रको लोकतान्त्रिक बहसका कारण संसद विघटन गरेर लोकतान्त्रिक कदम थियो भनेर प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीले च्याम्पियन्स लिग जितेको बारे एम्बाप्पे, ‘कुनै गुनासो छैन’
-
सवारी दुर्घटनामा सशस्त्र प्रहरी नायब निरीक्षकको मृत्यु
-
केनको निर्णायक गोलमा इंग्ल्याण्डको संघर्षपूर्ण जीत
-
मस्कसँगको सम्बन्ध अन्त्य भएको ट्रम्पको घोषणा
-
बौद्धमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु
-
बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन